ग्यास शाखा प्रमुख भन्छन्, ‘जोरपाटीमा निक्लिएको ‘मिथेन ग्यास हो’
काठमाडाैं | साउन ३, २०७९
काठमाण्डौँ: बिहान जोरपाटीको एक घरमा बोरिङ खन्नेक्रममा बिहान करिब १० बजे तिर लेदो माटो र पानीको फोहोरा निक्लिएको थियो ।
लेदो माटो र पानीको फोहोरा निरन्तर रुपमा निक्लिएपछि खानी तथा भूगर्भविद्को टोलीले छानबिन गरेको थियो ।
छानबिनपश्चात लेदो र पानीको फोहोरा नभई मिथेन ग्यास रहेको ग्यास शाखा प्रमुुख वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले बताए । ‘जमिन मुनि जम्मा भएर बसेको मिथेन ग्यास ड्रिलिङ गर्ने क्रममा निक्लिएको हो, उनले भने, ‘यस्ता ग्यास सामान्यतया पानीसँग मिसिएर बसेको हुन्छ ।’
उनले यसलाई कुनै ठुलो घटना नभई सामान्य प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे । ‘यो ग्यास कहिले निक्ल्नि बन्द गर्छ त्यो ग्यासको मात्रा कति छ त्यसमा भर पर्छ । यो कुनै खतराजन्य छैन्, ग्यासको मात्रा सकिएपछि आफै निक्लिन बन्द हुन्छ ,उनले भने ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

